चैत २३, २०७७ सोमबार

काठमाडौं : १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनल खेलको पहिलो हाफमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लब विरुद्ध संकटाले अग्रता बनाएको ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको अन्तिम मिनेटमा संकटाले गोल गरि खेलमा १-० गोलको अग्रता बनाएको हो । 

जारी खेलको ४४ औ मिनेटमा संकटाका फोफोमाले गोल गरि अग्रता दिलाए । त्यस अघि खेलको ४२औं मिनेटमा मनाङका निशान लिम्बूले निकै सुन्दर अवसर खेर फालेका थिए ।