चैत २३, २०७७ सोमबार

काठमाडौं : पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लब विजयी भएको छ ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लबलाई १-० गोलले स्तब्ध पार्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । 

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको अन्तिम मिनेटमा संकटाले गोल गरि खेलमा १-० गोलको अग्रता बनाएको थियो । उसका लागि खेलको ४४ औ मिनेटमा संकटाका फोफो माले गोल गरि अग्रता दिलाए । त्यस अघि खेलको ४२औं मिनेटमा मनाङका निशान लिम्बूले निकै सुन्दर अवसर खेर फालेका थिए । 

यो सँगै साविकको विजेता मनाङ पहिलो खेलबाट घर फर्किएकाे छ । त्यस्तै प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा भोलि मंगलबार रुसलाई थ्री स्टार क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।