काठमाण्डौ। आज सुनको मूल्य ३०० बढेर ८७ हजार पाँच सयमा पुगेको छ। अघिल्लो दिन सुन तोलाको ८७ हजार दुई सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य १२ सय ३५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको तुलनामा यो मूल्य स्थिर हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।