काठमाण्डौ। प्राय: खेलका लागि खेल मैदानमा समर्थकले खेलका शिलशिलामा खेलाडी या खेल पदाधिकारीका लागि हौसलाका विभिन्न शब्दहरु प्रयोग गरिएको पाईन्छ तर नेपाली क्रिकेटको लड्स मानिने टियु मैदान होस् या देश भरका अन्य कुनै मैदान हुन्। क्रिकेट हेर्नका लागि उपस्थित हुने म जस्ता कयौं महिलाले हिंसाको एक रुप मैदानमा पाउछौ।
म जति पटक टियु मैदानमा क्रिकेट हेर्न गएको छु मलाई त्यहाको वातावरण र हरेकको हेराई तथा महिला माथिको गलत सोच देख्दा लाग्छ नेपालमा प्रत्यक्ष क्रिकेट हेर्ने यो नै अन्तिम पटक हो। तर नेपाली क्रिकेट प्रतिको लगावका कारण हरेक प्रतियोगिताले मलाई टियु तिर लम्काउछ।
जति पटक टियु खेल हेर्न पुगेको छु सबै पटक केही समर्थकहरुको महिला समर्थक प्रति हेर्ने नजर एक पछि अर्को पटकमा झनै शंकास्पद बन्नुले कुनै दिन हाम्रो क्रिकेट विकासको अभिन्न रुप रहेको समर्थकको हिस्सा नै समाप्त नहोला भन्न सकिन्न।
तथा मैले हरेक पटक क्रिकेट नियाल्न टियुको मैदानमा उपस्थिती जनाउदा केही खेलाडीको नामै लिएर नराम्रा र अपाच्य शब्दको प्रयोग भएको प्रत्यक्ष रुपमा देख्दा लाग्छ नेपाली क्रिकेट यिनै औलामा गन्न मिल्ले केहीका कारण अकल्पनिय बाटोमा त जादै छैन?
बेलैमा यससॅंग सम्बन्धित सरोकारवालाहरु यस विषयमा सजक र नियमक नबने यसैका कारणा हाम्रो क्रिकेट धरापको बाटोमा नजाला भन्न सकिन्न।
आगामी बर्षको सुरुवातमा हुन लागेको त्रिदेशिय क्रिकेट शृखंलाबाट हामी हरेक समर्थक आफ्नो तहमा जिम्मेवार नबने हाम्रो क्रिकेटले नसोचेको अवस्था भोग्न पनि सक्छ। समयमा नै सबै सजक रहन जरुरत रहेको छ।
नेपाली क्रिकेटले खोजेको सभ्य समर्थक भएकाले सबै सभ्य समर्थक बनौ।