चैत २४, २०७७ मंगलबार

काठमाडौं : पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलिका ४ खेलाडी आज स्वदेश फर्किँदैछन् । 

पाकिस्तानी लिग खेलेर गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, अनिता केसी, सरु लिम्बू र गीता राना आज स्वदेश आइपुग्ने भएका हुन् ।

मासा युनाइटेडबाट पाकिस्तानी लिग खेलेका उनीहरू दुबई हुँदै नेपाल आइपुग्ने छन् । नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण नै मासाले सेमिफाइनलमा स्थान बनाएको थियो । तर, पाकिस्तान फुटबल सङ्घमा देखिएको आन्तरिक द्वन्दको कारण लिग रद्द भयो ।

लिग रद्द भएपछि उनीहरू स्वदेश फर्किन लागेका हुन् ।