चैत २४, २०७७ मंगलबार

काठमाण्डौ। आज भएको पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिला तर्फ नेपाल एपीएफ क्लबले सहज जित निकालेकोमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबले भने हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलबार भएको खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३ ० को सेटमा पराजित हुदा आज नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब न्यु डायमण्ड स्पोर्टस क्लबसँग सोझो सेटमा नै पराजित भएको हो ।

एपीएफले भरतपुरमाथि २५/ १३, २५/ ७ र २५/९ को सेटमा हराएको हो भने उता पुलिसलाई पराजित गरेको न्यु डाइमण्डले २५ /२२,२५ /२२ र २५/ १६ को सेटमा जित निकालेको थियो । एपीएफ क्लबसँग समान १० अंक भएपनि न्यु डाइमण्ड सेट अनुपातमा अघि रहेकाले शिर्ष स्थानमा रहेको छ ।