काठमाण्डौ। काठमाण्डौमा जारी पहिलो संस्करण ललितपुर मेयर कप महिला क्रिकेटमा सुदुरपश्चिमले दोस्रो जित हात पार्ने क्रममा प्रदेश १ लाई पराजित गरेको छ । प्रदेश एक सुदुरपश्चिम प्रदेशसँग ४० रनले पराजित भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनायो ।
उसका विन्दु रावलले अर्धशतकीय पारी खेलिन । उनले ५८ बलमा ५२ रनको योगदान गरिन ।
अन्तिममा कविताले २१ रन बनाइने भने डोली भट्टले आठ रन बनाइन । बलिङमा प्रदेश १का लागि सबनम राईले दुई विकेट लिइन ।
१३० रनको लक्ष्य पछ्याको प्रदेश एकले १८ .५ ओभरमा ८९ रनमा अलआउट भयो । सुदुरपश्चिमका लागि लक्ष्मी साउदले ह्याट्रीक सहित ४ विकेट हात पारिन्।