काठमाडौं : पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा उपाधिको दाबेदार टोली थ्री स्टार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम ४ मा पुगेको हो ।
थ्री स्टारमाथि पुलिसलाई जित दिलाउन बुद्ध तामाङले २ गोल , तेज तामाङ र सौजन राईले समान १/१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको हो ।
हिजो (सोमबार )मात्रै मकवानपुरको बागमती गोल्डकप जितेर पोखरा पुगेको थ्री स्टार पुलिसविरुद्ध भने खासै राम्रो प्रदर्शन गर्न सकेन ।