एजेन्सी : स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका फ्रेन्च डिफेन्स राफायल भारानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आज राति हुने युईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलविरुद्धको खेल घुमाउने भएका छन् । त्यस्तै भारानले उनले ११ अप्रिलमा बार्सिलोनाविरुद्ध हुने इएल क्लासीको पनि घुमाउने भएका छन् ।