चैत २४, २०७७ मंगलबार

 

काठमाडौं । पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गर्ने एक टोलीको टुंगो लागेको छ ।

त्रिपुरेश्वरस्थित  कर्भडहलमा आज सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा जित निकाल्दै टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आफ्नो एक खेल अगाबै फाईनल प्रवेश गरेको हो। 

विदेशी खेलाडी रहेको टिप टपले आर्मीमाथि २५-१७,२५-१९ र २५-१६ को सेटमा सहज जित निकालेको हो ।जितसँगै हेल्प नेपालले ५ खेलमा १५ अंक जोडेर फाईनल प्रवेश गरेको हो। दोस्रो स्थानको एपिएफसॅंग अन्तिम लिग खेल खेल्ने हेल्प नेपालको ऊ सॅंग ५ अंकको स्पष्ट अग्रता रहेको छ। 

आज नै भएको खेलमा एपीएफ नेपाल पुलिससँग ३-२ को सेटमा पराजित भएको थियो ।९ अंक सहित तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीको पनि फाईनल सम्भावना जिवितै रहेको छ। अर्को खेलमा बुलबुले रारा क्लबले मणिमुकुन्द क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दा तिन सेट २५-२१,२५-१९ र २५-१६ ले जित्न सफल रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने  छन्।