चैत २४, २०७७ बुधबार

एजेन्सी  : युरोपको सबै भन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा रियल मड्रडिले सहज जित निकालेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस ला लिगा च्याम्पियन तथा यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल तथा १३औं पटको विजेता रियल मड्रिडले प्रिमियर लिग च्याम्पियन क्लब लिभरपुलमाथि क्ववाटरफाइनल अन्तर्गतको पहिलो लेगमा ३-१ गोल अन्तरको सहज जित निकालेको हो ।  

घरेलु टोली रियलको जितमा ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले २ गोल तथा मार्को एसेन्सीयोले १ गोल गरे । यता लिभरपुलको लागि महमोद सलाहले १ सान्त्वना गोल फर्काए ।

पहिलो हाफमा २-० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो । रियलको लागि जारी खेलको २६औं मिनेटमा भिनिसियसले गोल गरि सुरुवाती अग्रता दिलाएका गिए । त्यस्तै ३५औं मिनेटमा एसेन्सीयोले गोल गरि रियलको अग्रता दोब्बर पारे । 

त्यसपछि दोस्रो हाफको खेलको ५०औं मिनेटमा पाहुना टोली लिभरपुलका लागि सलाहले गोल गरि खेलमा फर्काउने प्रयास गरे , तर खेलको ६४औं मिनेट रियलमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरि रियललाई ३-१ गोलको सहज जित दिलाए । 

उक्त जित सँगै रियलले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको छ । अब यी २ टोलीबीचको दोस्रो लेगको भिड्न्त १५ अप्रिलमा लिभरपुलको मैदानमा हुनेछ ।

त्यस्तै रियलले सन २०१७/१८ को च्याम्पियन्स लिगको फाइनलमा जस्तै यस पटक पनि ३-१ गोलले जित निकालेको छ । 

यता अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि २-१ गोलको जित निकालेको छ ।