काठमाण्डौ। काठमाण्डौमा जारी ५ औं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पाचौ संस्करणमा आज ५ खेल हुँदैछ।
आज महिला तर्फ २ तथा पुरुष तर्फ ३ खेल हुदै छ ।त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुने प्रतियोगितामा आजको पहिलो र दोस्रो खेल महिला तर्फको हुनेछ भने तेस्रो ,चौथो र पाचौं खेल पुरुष तर्फको हुनेछ।
आजको पहिलो खेलमा बिहान ९ बजे त्रिभुबन आर्मी क्लबले नेपाल पुलीस क्लबको सामना गर्दा दोस्रो तथा महिला तर्फको लिग चरणको अन्तिम खेलमा बिहान ११ बजे नेपाल एपिएफ क्लब विरुद्ध न्यु डायमण्ड स्पोर्टस क्लब कोर्टमा उत्रने छ ।
पुरुष तर्फ भने आज ३ खेल हुनेमा आजको तेस्रो तथा पुरुष तर्फको पहिलो खेलमा दिउसो १ बजे बुलबुले रारा भलिबल क्लब र नया बजार युवा क्लब बिच खेल रहेको छ। आजको चौथो तथा पुरुष तर्फको दोस्रो खेलमा दिउसो ३ बजे नेपाल पुलिस क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ र पुरुष तर्फको तेस्रो तथा लिग चरणको अन्तिम खेलमा भने साझ ५ बजे फाईनलमा स्थान बनाईसकेको टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब बिच खेल हुनेछ ।
लिग चरणको अन्तिम दिनको खेल बाकी रहदा अंक तालिका यसप्रकारको छ

बिहिबार फाईनल रहेको सो प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।
यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।