चैत २५, २०७७ बुधबार

एजेन्सी : जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर सर्जी ग्नाब्री कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । 

त्यस्तै उनलाई कोरोना संक्रमण भएपछि उनले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्धको पहिलो लेगको खेल गुमाउने भएका छन् । बुधबार राति हुने च्याम्पियन्स लिगको उक्त खेल गुमाउने भएका हुन् ।

बायर्नले मङ्गलबार आफ्ना मिडफिल्डर ग्नाब्रीलाई कोरोना सङ्क्रण भएको पुष्टि गरेको छ । पिएसजीविरुद्धको खेलको पूर्वसन्ध्यामा ग्नाब्रीलाई कोभिड–१९ को सङ्क्रमण भएसँगै बायर्नलाई समस्या आइपरेको छ ।

बायर्नका मुख्य खेलाडी रोबर्ट लेवान्डोस्की चोटका कारण यस खेलमा हुनेछैनन् । यता, पिएसजीले अग्रपंक्तिमा नेयमार, किलियन एम्बाप्पे र डी मारिया उतार्दा बायर्न थप दबाबमा देखिने सम्भावना छ ।