चैत २५, २०७७ बुधबार

काठमाण्डौ।  पहिलो संस्करणको ललितपुर मेयर कप महिला टिट्वान्टी क्रिकेट प्रतियोगितामा आज १ खेल हुदैछ। टियु मैदान कीर्तिपुरमा बिहान ११ बजे पछि हुने खेलमा आफ्नो यस अघि भएका ३ खेलमा दुईमा हार व्यहोरेको  लुम्बिनी प्रदेश र दुईमा जित र १ मा हार व्यहोरेको सुदुरपश्चिम प्रदेश खेल्दै छन्।  

सुदुरपश्चिम आजको खेलमा जित निकाल्दै फाईनल पुग्ने लक्ष्यमा रहदा लुम्बिनी पनि आज जित निकाल्दै अर्को चरणको सम्भावना जिवितै राख्न चाहान्छ। 

गत शनिबार(२१ गते)बाट सुरु यस प्रतियोगिता आगामी शनिबार (२८ गते)सम्म संचालन हुनेछ। 

प्रतियोगितामा नेपाल एपिएफ क्लब ,सुदुरपश्चिम प्रदेश,प्रदेश नम्बर १,लुम्बिनी प्रदेश र ललितपुर मेयर ११ गरि ५ टोलीको सहभागीता रहेको छ। 

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ५० हजार पाउनेछ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सउमनले १५/१५ हजार पाउने छन् ।हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार पाउने छन् ।