चैत २५, २०७७ बुधबार


एजेन्सी । भारतमा बढ्दो कोरोना संक्रमणको असर  इन्डियन प्रिमियर लिग (आईपीएल)लाई पनि परेको छ। यस अघि विभिन्न भारतीय खेलाडीलाई संक्रमणको दायरामा ल्याएको कोरोनाको पछिल्लो शिकारमा  रोयल च्यालेन्जर्स बैंगलोरका अलराउण्डर अस्ट्रेलियन खेलाडी  डेयनियल साम्स परेका छन् । 

शुक्रबारबाट सुरु हुने यस संस्करणको आईपिएलमा उद्धाटन दिनमा नै बैंगलोरको खेल रहेको छ । साम्सलाई कोरोना भएको पुष्टि बैंगलोरले गरेको हो । चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन्