काठमाडौं : टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर वुमन्स च्याम्पियनसिप महिला टि२० क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७३ रनको विजयी लक्ष्य पेस गरेको छ ।
बुधबार टियु मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा ९ विकेटकाे क्षतिमा ७२ रन बनाएको हो लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् , त्यस्तै नितु भण्डारी ४, सरस्वती जिएम ९, सरस्वती पुन २, मधु डिसी शुन्य , अलिसा केसी ३, वर्ष राना ८ ,नेरी थापा ११, स्वतीका बजागाई ० , सुस्मिता भुसाल १, कृतिका मरासिनी शून्य रनमा आउट भइन् ।
यता सुदूरपश्चिमका लागि लक्ष्मी साउतले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै रितुले ३, कविता जोशी १, सुनिता लुरिले १, ७३ रनको विजयी लक्ष्य पक्ष्याएको सुदूरपश्चिमले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ । यदि आजको खेल जितेमा लुम्बिनी फाइनलमा प्रवेश गर्नेछ ।