चैत २५, २०७७ बुधबार

 

काठमाडौं । नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस क्लब पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन्  ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । भने अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई ३ १ को सेटमा पराजित गर्दै न्यु डायमण्ड फाईनल प्रवेश गरेको हो ।

विभागिय प्रतिद्वन्दि त्रिभुबन आर्मी क्लबलाई पराजित गर्ने क्रममा नेपाल पुलिसले २६–२४, २५–१७, २८–२६ को सेटको जित हात पारेको थियो ।
 
आजै भएको अर्को खेलमा न्यु डायमण्ड स्पोर्टस क्लबसँग ३ -१को सेटमा पराजित नेपाल एपिएफ क्लबले  २५-२१,२६-२४,१४-२५ र २५-२१े सेटमा पराजय भोगेको हो । 
लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने नियम अनुसार यि दुई टोली बिचको फाईनल खेल भोली हुनेछ ।

यस प्रतियोगितामा महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् ।