चैत २५, २०७७ बुधबार

काठमाडौं : टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर वुमन्स च्याम्पियनसिप महिला टि२० क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशमाथि सानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

बुधबार टियु मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा ९ विकेटकाे क्षतिमा ७२ रन बनाएको हो । ७३ रनको विजयी लक्ष्य पाएकाे सुदूरपश्चिमले १२.२ ओभरमा २ विकेट घुमाउदै ७५ रन बनाएको थियो ।

उसका लागि मञ्जु बोकटीले २६, विन्दु रावल १७, रेवती धामीले १७ रन, कविता जोसीले ४ रन र सरस्वती पुनले २ रन बनाइन् । त्यस्तै यता लुम्बिनीका लागि कृतिका मरासिनीले २ विकेट लिइन् । उक्त जित सँगै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ ।