साउन २०, २०७९ शुक्रबार

चीनले अमेरिकासँग जलवायु परिवर्तनदेखि सैन्य सम्बन्ध र लागूऔषधविरुद्धको कारवाही लगायतका विषयमा वार्ता स्थगित गरेको बताएको छ । 

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीनले यो कदम उठाएको हो ।

रक्षा मामिलासम्बन्धी सबै वार्ता पनि तत्कालै लागू हुने गरी स्थगित गरिएको चीनले जनाएको छ ।