एजेन्सी - इटालियन सिरी ए फुटबलमा आज राति साविको विजेता युभेन्टसले नापोलीको सामना गर्दै छ ।
नेपाली समयअनुसार यी दुई टोलीबीचको खेल आज राति १०ः३० बजे युभेन्टसको घरेलु मैदानमा हुनेछ । जारी सिजन उपाधि यात्राबाट निकै टाढा रहेको युभेन्टस घरेलु मैदानमा पाहुना टोलीमाथि सहज जित निकाल्दै , दोस्रो स्थानमा जारी सिजन अन्त्य गर्न योजनामा रहेको छ ।
जारी सिजन कुल २८ खेलबाट ५६ अंक बनाएको युभेन्टस अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान खेलबाट ६८ अंक बनाएको इन्टर मिलान शीर्ष स्थानमा , २९ खेलबाट एसी मिलान ६० अंकसहित दोस्रो र २९ खेलबाट ५८ अंकका साथ एट्लान्टा तेस्रो स्थानमा रहेको छ ।
युभेन्टसले २८ खेलमा १६ जित,८ बराबरी र ४ खेलमा हार ब्यहोरेको छ । जसमा ५६ गोल गर्दा २५ गोल खाएको छ । यता पाहुना टोली नापोलीको भने समान २८ खेलबाट समान ५६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ । जसमा १८ जित, २ बराबरी र ८ खेलमा पराजित भएको छ ।