चैत २५, २०७७ बुधबार

एजेन्सी  - इंग्ल्सि प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनले म्यानचेस्टर सिटीसँग सम्झौता थपेका छन् । २९ वर्षीय डी ब्रयुन २०२५ सम्म रहने सिटीले जानकारी दिएको छ ।

सन् २०१५ मा जर्मन क्लब वुल्फसबर्गबाट इङ्ग्ल्याण्ड आएका उनी र सिटीबीचको सम्झौता जुन २०२३ सम्मको थियो । तर उनले आफ्नो सम्झौता २०२५ सम्म लम्ब्याएका हुन । सिटीबाट २५५ खेल खेल्दा ६५ गोल र १०५ असिस्ट समेत गरेका छन् । जसमा २ प्रिमियर लिगको उपाधि जितिसकेका डी ब्रुयनले १ पटक जर्मन कपको ट्रफी उचालेका थिए ।