काठमाडौं : पोखरामा राजी १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा विभागीय टोलि शस्त्र प्रहरी बल एपीएफमाथि सहज जित निकाल्दै संकटा क्लब फाइनलमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशालामा भएको खेलमा संकटाले एपीएफमाथि २-० गोलको सहज जित निकालेको हो ।संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान १/१ गोल गरे ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको संकटाले दोस्रो हाफमा पनि थप १ गोल गर्न सफल भएको हो । उक्त जित सँगै संकटा फाइनलमा प्रवेश गरेको छ । अब संकटाले उपाधिको लागि भोलि हुने दोस्रो सेमिफाइनलमा अफ्रिकीन रुट र पुलिसबीचको विजेता सँग उपाधि भिडन्त गर्नेछ ।
यस प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ, भने उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।