काठमाण्डौ। ५ औं आरबिबि एनभिए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल लिग प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि टिप टप हेल्प नेपाल भलिबल क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् ।
बिहीबार हुने फाईनलका लागि एक खेल अगावै फाईनल पुगेको टिम हेल्प नेपाल आज भएको लिगको अन्तिम खेलमा एपीएफ क्लबसॅंग ३-० को सोझो सेटमा पराजित भएको हो।
नेपाल एपीएफ क्लबले सोझो सेटमा जित्ने क्रममा हेल्प नेपाललाई २५–१८, २५–१८ र २५–२३ को सेटमा हराएको हो ।
यस प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले सहभागीता जनाएका थिए ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।