एजेन्सी : इटालियन सिरी फुटबलमा साविको विजेता युभेन्टसले नापोलीविरुद्धको पहिलो हाफको खेलमा १-० गोलको अग्रता बनाएको छ ।
भर्खरै सम्पन्न पहिलो हाफको खेलमा घरेलु टोली युभेन्टसका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलको १२औं मिनेटमा चिसाको पासमा सुन्दर गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए ।
त्यस्तै उक्त गोल सँगै रोनाल्डो जारी सिजन सिरी ए फुटबलमा आफ्नो गोल संख्या २५ पुर्याएका छन् ।