एजेन्सी : इटालियन सिरी ए फुटबलमा साविको विजेता युभेन्टसले नापोलीमाथि जित निकालेको छ ।
बुधबार राति भएको खेलमा घरेलु टोली युभेन्टसको जितमा रोनाल्डो र डिब्बालाले समान १/१ गोल गरे । त्यस्तै यता पाहुना टोली नापोलीको लागि खेलको अन्तिम मिनेटमा इन्सिंगले एक सान्त्वना गोल फर्काए ।
पहिलो हाफको खेलमा घरेलु टोली युभेन्टसका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलको १२औं मिनेटमा चिसाको पासमा सुन्दर गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफमा युभेन्टसले १ गोल गर्दा १ गोल खान पुगेको थियो । दोस्रो हाफको ६८औं मिनेटमा मैदान प्रवेश गरेका पाउलो डिब्बालाले ७३औं मिनेमा गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको अन्तिम मिनेटमा नापोलीले पेनाल्टीको अवसर पायो , उक्त अवसरलाई इन्सिंगले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर सफल भने हुन सकेनन् ।
उक्त जित सँगै युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको २९ खेलबाट ५९ अंक रहेको छ । यता पराजित नापोलीको समान खेलबाट ५६ अंकसहित पाँचौ स्थानमा यथावत् रहेको छ । यता घरेलु टोली सुपरस्टा रोनाल्डो आजको खेलमा १ गोल सँगै रोनाल्डो जारी सिजन सिरी ए फुटबलमा आफ्नो गोल संख्या २५ पुर्याएका छन् ।