चैत २६, २०७७ बिहिबार

 

काठमाण्डौ।  काठमाण्डौमा जारी यस संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लव भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछन । 

फाईनल खेलको महिला तर्फको उपाधिका लागि न्यू डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब बिच बिहान ११:३० मा खेल हुनेछ। भने ३:३० मा पुरुष तर्फको उपाधीका लागि टिप टप हेल्प नेपाल र नेपाल एपिएफ क्लब बिचमा खेल हुनेछ । यि दुवै खेल त्रिपुरेश्वरमा रहेको राखेप कबर्ड हलमा हुनेछ ।

प्रतियोगितामा लिगमा शिर्ष दुई स्थान प्राप्त गर्ने टिमबिच उपाधीका लागि प्रतिस्पर्धा हुन लागेको हो । 

प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । 

उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।