काठमाण्डौ। टियु मैदानमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप टिट्वान्टी प्रतियोगिताको आज लिग चरणका अन्तिम २ खेल हुदै छन्। फाईनल समिकरण पुरा भईसकेको यस प्रतियोगितामा आज खेललाई टिमहरु बिचको प्रतिष्ठाको लडाईको रुपमा मान्न सकिन्छ ।
आज हुने पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका ललितपुर मेयर ११ तथा प्रदेश नम्बर १ को टोली बिचमा खेल हुनेछ।प्रतियोगितामा १/१ खेल जितेका दुवै टोली आजको खेलमा जित निकाली प्रतियोगिताको सुखद अन्त गर्न चाहान्छन्। यि दुई टोली बिचको खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।
आजै दिउॅंसो १ बजे प्रतियोगिताको फाईनल पुगिसकेको टोली नेपाल एपिएफ क्लब र प्रतियोगिताबाट बाहिरी सकेको लुम्बिनी प्रदेश बिचमा खेल हुने छ। लिग चरणको तिन खेलमा तिनैमा जित हात पारेर एक खेल अगावै फाईनलमा स्थान पक्का गरेको नेपाल एपिएफ क्लब आजको खेलमा पनि जित निकाल्दै लिग चरणका खेलमा अपराजित रहि फाईनल प्रवेश गर्न चाहान्छ भने लुम्बिनी प्रदेश पनि जित निकाली प्रतियोगिताको सुखद अन्त्य गर्न चाहान्छ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश,लुम्बिनी प्रदेश,प्रदेश नम्बर १,नेपाल एपिएफ क्लब र ललितपुर मेयर ११ गरि ५ टोली सहभागी रहेका थिए। सिंगल राउण्डका आधारमा सन्चालित यस प्रतियोगिताको शिर्ष दुईमा रहेका नेपाल एपिएफ क्लब र सुदुरपश्चिम प्रदेश बिच शनिबार फाईनल खेल हुनेछ।