एजेन्सी : युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटमा प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगलको क्लब पोर्टोमाथि सहज जित हासिल गरेको छ ।
बिहिवार बिहान सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिग अन्तर्गत चेल्सी पोर्टोलाई उसैको मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली चेल्सीको जितमा मासन माउन्ट र बेन चिलवेलले १/१ गोल गरेका थिए ।
माउन्टले खेलको ३२औ मिनेटमा गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए,भने चिलवेलले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।
उक्त जित सँगै चेल्सीले क्वाटरफाइनलको पहिलो लिगमा २-० को महत्वपूर्ण अग्रता लिएको छ । अब दोस्रो लिग अप्रिल १४ मा चेल्सीको मैदानमा हुनेछ ।