चैत २६, २०७७ बिहिबार

एजेन्सी : इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ । 

बुधबार राति सम्पन्न खेलमा इन्टरले सास्सुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सिरी ए मा इन्टर मिलानको यो लगातार १०औ जित हो ।

घरेलु टोली मिलानको जितमा रोमेलु लुकाकु र लाउतारो मार्टिनजले १/१ गोल गरे । लुकाकुले जारी खेलको १०औ मिनेटमा नै पहिलो गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ,भने मार्टिनजले खेलको ६७औ मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै सास्सुओलोका लागि खेलको ८५औ मिनेटमा हाम्ड जुनियरले एक गोल फर्काएका थिए ।

उक्त जितपछि दोस्रो स्थानको इन्टर मिलानमा भन्दा स्पष्ट ११ अंकको अग्रता बनाएको छ । २९ खेलमा ७१ अंकसहित इन्टर मिलान शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एसी मिलानको २९ खेलमा ६० अंक रहेको छ । त्यस्तै युभेन्टस भन्दा इन्टर १२ अंकले अगाडी रहेको छ । युभेन्टसको २९ खेलमा ५९ अंक छ भने लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै यता पराजित सास्सुओलोको भने २९ खेलमा ४० अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।