काठमाडौं । नेदरल्याण्ड,मलेसिया र नेपाल सम्लग्न त्रिदेशिय टी–ट्वान्टी क्रिकेट शृखंलाको खेल तालिका सार्वजनिक भएको छ । क्रिकईन्फोका अनुसार नेपालले आफ्नो पहिलो खेल तथा प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड बिरुद्व वैशाख ४ मा खेल्नेछ ।
टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुने उक्त शृखंला जारी रहने छ ।
यस प्रतियोगिताको मुख्य प्रायोजनमा बजाज पल्सर रहेकोछ । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।
नेपालले पछिल्लो पटक गत बर्ष फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ । हाल नेपाली टोली बन्द प्रशिक्षणमा ब्यस्त रहेको छ ।
क्रिकइन्फोका अनुसार त्रिकोणात्मक शृखंलाको खेल तालिका
वैशाख ४ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ५ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ६ नेपालविरुद्ध मलेसिया
वैशाख ७ नेपालविरुद्ध नेदरल्यान्ड्स
वैशाख ८ नेदरल्यान्ड्सविरुद्ध मलेसिया
वैशाख ९ नेपालविरुद्ध मलेसिया
वैशाख १० विश्राम
वैशाख ११ फाइनल
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीः
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित नारायण राजवंशी