काठमाण्डौ। ५ औं आरबिबि एनभिए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल लिग प्रतियोगिताको पुरुष तर्फको उपाधि साबिकको बिजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले प्राप्त गरेको छ। आज भएको फाईनल खेलमा विभागिय टोली नेपाल एपीएफ क्लबलाई सोझो सेटमा पराजित भएको छ।
आज सम्पन्न फाईनलमा लागि एक खेल अगावै फाईनल पुगेको टिम हेल्प नेपाल विजयी भएको हो। उसले नेपाल एपिएफ क्लब विरुद्ध २५-१४,२५-२० र २५-२२ सेटमा विजयी हासिल गरेको हो।
महिलाको फाईनल खेल पनि आजै हुनेछ ।
उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले १ लाख ५० हजारमा चित्त बुझायो ।
महिलातर्फको फाइनलमा भने न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।