चैत २६, २०७७ बिहिबार

काठमाडौ : टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर वुमन्स च्याम्पियनसिप महिला टि२० क्रिकेट प्रतियोगिता विभागीय टोली शस्त्र प्रहरी बलको एपीएफले लुम्बिनी प्रदेशलाई १४३ रनको चुनौती पेस गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट घुमाउँदै १४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७, रज्मती एरीले २३, इन्दु बर्मा ३, ज्योति पाण्डे ५, कप्तान सीता राना मगर २८, सरिता मगर ७, बिनु बुढा ५ र रेखा राउतले ३ रन बनाइन् ।

त्यस्तै यता लुम्बिनीका लागि नेरी थापा १ विकेट स्वस्तिका बजागाई २ विकेट ,कृतिका मरासिनी २, सरस्वती पुनले १ विकेट लिइन् ।