काठमाडौ : आगामी बैशाख २ देखि १२ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको नमुना क्रिकेट मैदानमा भरतपुर क्रिकेट क्लबको आयोजनामा दोस्रो अण्डर-१६ मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
त्यस्तै यस प्रतियोगितामा नेपालभर बाट कुल १८ बिद्यालय क्रिकेट टोलीको सहभागी हुने आयोजक भरपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिएका छन् । यस प्रतियोगिताको बिजेता टोलीले १ लाख र दोश्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताको लागि भरतपुर महानगरपालिकासँग १ करोड माग गरेको र त्यतिमा हामीले कम्तिमा पनि ५ प्रतियोगिता गर्नेछौं जसमा १ महिला क्रिकेट पनि पर्नेछ, अधिकारीले थपे ।