चैत २६, २०७७ बिहिबार

तस्बिर -क्यान

काठमाडौ : टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर वुमन्स च्याम्पियनसिप महिला टि२० क्रिकेट प्रतियोगिता विभागीय टोली शस्त्र प्रहरी बलको एपीएफले लुम्बिनी प्रदेशमाथि ४० रनको फराकिलो जित निकालेको छ ।

एपीएफले दिएको १४३ रनको विजयी लक्ष्य पक्षएको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट घुमाउँदै १०३ रन बनाएको थियो । उसका लागि नितु भण्डारी १७, लक्ष्मी चौधरी ३५, सरस्वती जिएम नटआउट २१ तथा निरु थापाले नटआउट २७ रन बनाए पनि लुम्बिनीको हार टार्न सकेनन् । 

यता एपीएफका लागि रेखा रावल र बिन्दु बुढाले १/१ विकेट लिए । त्यसअघि एपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट घुमाउँदै १४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७, रज्मती एरीले २३, इन्दु बर्मा ३, ज्योति पाण्डे ५, कप्तान सीता राना मगर २८, सरिता मगर ७, बिनु बुढा ५ र रेखा राउतले ३ रन बनाइन् ।

त्यस्तै यता लुम्बिनीका लागि नेरी थापा १ विकेट स्वस्तिका बजागाई २ विकेट ,कृतिका मरासिनी २, सरस्वती पुनले १ विकेट लिइन् । अब एपीएफले आगामी शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ ।