चैत २६, २०७७ बिहिबार

काठमाण्डौ।  विभागिय टोली नेपाल पुलिसलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा खेल मा  विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्ने क्रममा दोस्रो ,तेस्रो र पाचौ सेटमा  जीत हात पाऱ्यो। 

 पहिलो सेट पुलिसले २५-२२ ले जितेको थियो । त्यसपछिको लगातार दुई सेट डाईमण्डले २५-११ र २५-१९ ले जित्यो चौंथो सेट भने पुलिसले २५-२१ ले जित्दा  पाँचौ तथा निर्णायक सेटमा न्यु डायमण्ड १५-११ ले विजयी भएको  थियो ।