बैशाख २३, २०८३ बुधबार

वासिङ्टन, २३वैशाख : अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । 

एक जना  व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि  गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।
 
 संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले  जनाएको छ 

 पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ती भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरि सकिएको जनाएको छ ।