चैत २६, २०७७ बिहिबार

काठमाडौं : पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली  नेपाल पुलिस क्लब हराउँदै अफ्रिकन रुट फाइनलमा प्रवेश गरेको छ।  ।

पोखरा रंगशालामा बिहिवार भएको अन्तिम सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली तथा साविको उपविजेता नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट फाइनलमा पुगेको हो ।

पुलिसमाथि अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले समान १/१ गोल गरे । उक्त जित सँगै अफ्रिकन रुटले उपाधिका लागि संकटा सँगको भेट् पक्का गरेको छ । यस अघि नै संकटा क्लबले अर्को विभागीय टोली एपीएफलाई उपाधि नजपक पुगेको थियो । उक्त फाइनल खेल आगामी शनिबार हुनेछ । 

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ ।