काठमाडौ : आजबाट सुरु भएको ६औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर–११ ले भारतको युनाइटेड सिक्किम फुटबल क्लबमाथि २–१ गोलको रोमाञ्च जित निकालेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा भएको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा विराटनगरले एक गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।
उक्त जितसँगै विराटनगरले क्वार्टरफाइनमा स्थान पक्का गरेको छ, त्यस्तै यता सिक्किम पहिलो खेलबाटै बाहिरिएको छ । अब विराटनगरले क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्बलसँग सेमिफाइनलका लागि खेल्नेछ । यो खेल २८ चैतमा हुने छ ।