चैत २७, २०७७ शुक्रबार

एजेन्सी : युरोप दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ग्रानडाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले १/१ गोल गरे ।

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । 

उक्त जित सँगै युनाइटेड अघिल्लो चरण प्रवेश नजिक पुगेको छ । यी दुई टोली बीचको दोस्रो लेगको खेल १६ अप्रिलमा युनाइटेडको मैदानमा हुनेछ ।