काठमाडौं : हिजो (बिहीबार) बाट सुरु भएको ६औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार गोरखा ब्वाइज क्लब रुपन्देही र भारतको पञ्जाब पुलिसबीच हुनेछ ।
राति ७ बजेबाट सुरु हुने उक्त खेल विराटनगरस्थित सहिद रङ्गशालामा हुदैछ ।
प्रतियोगितामा नेपाली र विदेशी गरेर कुल १० टोलीको सहभागिता रहेको छ । आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली ७ र विदेशी ३ टोलीकाे सहभागीता रहेको छ।
नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मनाङ मर्स्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन् ।
विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम छन् ।
जसमा हिजो भएको पहिलो खेलमा विराटनगर-११ रे भारतको सिक्किम युनाइटेडमाथि २-१ गोलको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।