काठमाडौं: निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।
आयोग मन्त्रालय र आयोगबीच आइतबार छलफल भइरहेको छ। आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुनेछ।
तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिनेछ ।
कुन शिर्षकमा कति खर्च :
१ सामग्री व्यवस्थापन: २ अर्ब ३ करोड २३ लाख
२ कानून तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धी: २ करोड चार लाख
३ अनुगमन तथा वैदेशिक सम्बन्ध: ११ करोड ५ लाख ५३ हजार
४ मतदाता नामावली तथा निर्वाचन सञ्चालनसम्बन्धी: ५५ करोड १ लाख २० हजार
५ सूचना प्रविधि व्यवस्थापन: ६३ करोड २४ लाख ५० हजार
६ निर्वाचन शिक्षा, सूचना तथा तालिम सम्बन्धी: ६९ करोड ९३ लाख ६४ हजार ५००
७ निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन (मतदान केन्द्रमा जनशक्ति तथा मतगणना सम्बन्धी): ६ अर्ब २ करोड ९३ लाख २० हजार
८ प्रशासनिक खर्च (निर्वाचन आयोग तथा निर्वाचन कार्यालयहरु): ८९ करोड ४८ लाख ६३ हजार
९ निर्वाचन समीक्षा र प्रतिवेदन: २ करोड ५ लाख
आगामी निर्वाचनका लगि १६५ निर्वाचन क्षेत्र, २३ हजार मतदानस्थल र १ करोड ८७ लाख मतदाता रहने आयोगले जनाएको छ।