काठमाडौं : हिजो (बिहीबार) बाट सुरु भएको ६औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार भएको खेलमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई हराउँदै भारतको पञ्जाब पुलिस अघिल्लो चरणमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा सम्पन्न खेलमा गोर्खा ब्वाइजललाई पञ्जाब पुलिसले पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी सकिएको खेल अतिरिक्त समयमा धकेलिएको थियो तर अतिरिक्त समयको ३० मिनेटमा पनि दुईवटा टोलीबाट गोल हुन नसके पछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
पेनाल्टीमा गोर्खा ब्वाइजका आशिष गुरुङ र अजित गुरुङ पेनाल्टीमा चुकेका थिए । शक्ति राई र गाैरव श्रेष्ठले गोल गरे । यता पञ्जाबका सरजित सिंह, जितेन्द्र सिंह , बलजित सिंह र अर्शदीप सिंहले गोलको जाली चुम्यो ।
त्यसअघि निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकियो थियो । तर दोस्रो हाफको खेलको ८०औं मिनेटमा गोर्खा ब्वाइजको लागि शक्ति राईले सुन्दर गोल गरेको थिए । त्यस्तै गोर्खा जितको नजिक पुगेको थियो तर अतिरिक्त समयको पहिलो मिनेटमा सम्हालीन नसक्दा अघिल्लो पुग्ने सम्भावना घुमाएको हो ।
उक्त जितसँगै पञ्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ। अब उसले काठमाडौँको मछिन्द्र क्लबसँग खेल्नेछ ।
त्यस्तै भोलि हुने पहिलो क्वाटरफाइनलको खेलमा विराटनगर महानगरपालिका र भारतको वेस्ट बङ्गालबीचको खेल हुनेछ । उक्त खेल साँझ ६ः३० बजेबाट नै सुरु हुनेछ ।
प्रतियोगितामा नेपाली र विदेशी गरेर कुल १० टोलीको सहभागिता रहेको छ ।