१४ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज साविक उपविजेता रहेको टोली दिल्ली क्यापिटल्स र गत संस्करणको आईपिएलमा भुल्न लायकको प्रदर्शन गरेको चेन्नाई सुपर किंग्स बिच मुम्बईमा खेल हुदैछ।
डबल राउन्ड रोबिन लिगका आधारमा यस संस्करणको आईपिएल संचालन भए पनि कुनै पनि टोलीले आफ्नो घरेलु मैदानमा खेल्न भने पाउने छैनन्।
भारतमा बढ्दो दोस्रो लहरको कोरोनाका कारण यस संस्करणको आईपिएलमा बढी नै साबधानी अपनाईएको छ। दिल्ली पहिलो पटक कप्तानीमा नियुक्त गरेको रिषभ पन्तको नेतृत्वमा पहिलो पटक मैदान उत्रदै गर्दा चेन्नाई पुर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ।
दुवै टोलीको सम्भावित अन्तिम ११ यसप्रकारको रहेको छ:
दिल्ली क्यापिटल्स
पृथ्वी शा,शिखर धवन,अजिकां राहाने,रिषभ पन्त,शिमरन हिटमायर,मार्कस स्टोयनिस,क्रिस वोक्स,रविचन्द्रन आश्विन,अमित मिश्रा/प्रविन दुवे,उमेश यादव र ईशान्त शर्मा
चेन्नाई सुपर किंग्स
रितुराज ग्याकवार्ड,अम्बाती राईडु,फाफ डु प्लेसिस,सुरेश रैना,महेन्द्र सिंह धोनी,मोईन अलि,रविन्द्र जडेजा,साम करन,सार्दुल ठाकुर,दिपक चहर र ईम्रान ताहीर