चैत २८, २०७७ शनिबार

 

 

काठमाण्डौ।  काठमाण्डौमा आज सम्पन्न पहिलो संस्करणको ललितपुर मेयर कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी विभागिय टोली नेपाल एपिएफ क्लबले जितेको छ। 

टियु मैदानमा आज सम्पन्न फाईनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको सदुरपश्चिमले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो उसका लागि विन्दु रावलले ४४ रनको पारी खेलेतापनि अन्यले सोचे अनुरुपको प्रदर्सन देखाउन नसक्दा टोलीले हार व्यहोर्न बाध्य भयो। एपिएफका लागि रेखा रावल,विनु बुढा मगर,करुना भण्डारी,सुष्मा श्रेष्ठ र सिता राना मगरले समान १/१ विकेट हात पारे। 

१०७ रनको लक्ष्य पछ्याउदै जबाफी ब्याटिङमा आएको नेपाल एपिएफ क्लबले १६.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्यो। उसका लागि ज्योती पाण्डेले ३८ रनको पारी खेलिन्। सुदुरपश्चिमले दुवै विकेट रनआउटको रुपमा लियो।