काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो। स्थानीय समयअनुसार बिहान ८.५९ बजे भूकम्प आएको थियो।
भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन्।
मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ। भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ।