इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ । जाकार्ताको स्थानीय समयानुसार सोमबार बिहान १०ः २९ सो भूकम्प गएको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन् । यसअघि स्थानीय समयअनुसार सोमबार विहान ५ंंं.३४ मा ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । यद्यपी ६.४ म्याग्निच्यूडको भूकम्पलाई नै प्रमुख भूकम्पका रुपमा लिइएको छ । हालसम्म यस भूकम्पबाट धनजनको क्षति भएको कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।