भदौ १५, २०७९ बुधबार

भारतीय जनता पार्टी ९भाजपा० बाट निष्कासित नेत्री सीमा पात्रा पक्राउ परेकी छन् ।

घरेलु कामदारलाई बन्धक बनाएको र यातना दिएको आरोपमा झारखण्ड प्रहरीले उनलाई पक्राउ गरेको हो । कामदारलाई बन्धक बनाएको, कुटपिट गरेको आरोप छ ।

उनी झारखण्डका अवकाशप्राप्त आईएएस हुन् । विगत ८ वर्षसम्म अपाङ्गता भएकी कामदारलाई उनले यातना दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना सार्वजनिक भएपछि उनलाई भाजपाले पार्टीबाट निष्कासित गरेको थियो ।