काठमाडौँ । भारतको आगरामा रहेको ताजमहलको नाम बदल्नका लागि प्रस्ताव पेश गरिएको छ ।
बुधवार हुने बैठकमा भाजपा पार्षद शोभाराम राठौरले नगर निगम सदनको अधिवेशनमा ताजमहलको नाम बदलेर तेजो महालय प्रस्ताव पेश गर्नेछन् ।
ताजमहलमा हिन्दू सभ्यतासँग जोडिएका कैयौं चिह्न भेटिएको उनको दाबी छ ।
पुरातात्त्विक महत्त्वको संरक्षित स्मारकको नाम बदल्ने अधिकार केन्द्र सरकारसँग मात्र छ ।
त्यसैले आज नगर निगममा ल्याइने प्रस्ताव राजनीतिक स्टन्ट मात्र भएको बताइएको छ ।