भदौ १९, २०७९ आइतबार

काठमाडौँ । कहिलेकाहीँ जुन विषयमा चर्चा गरिन्छ त्यस्तै घटना पनि घटिदिन्छ । यो प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । त्यहाँको संसद्मा भूकम्प बीमाका बारेमा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो । 

देशको संसद् ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियोअनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए । 


भिडियोमा पहिलो भूकम्प जाँदा एक सांसद हाँसिरहकी देखिन्छिन् । तर लगत्तै आएको दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पपछि तत्कालै संसद् बैठक स्थगित भएको थियो भने सांसदहरू छिटोछिटो भवनबाहिर निस्किएका थिए । 


युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो । दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो । 

दिने क्रममा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।