टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष मिस्त्री सडक दुर्घटनामा परेका हुन्।
उनी चढेको मर्सिडिज कार आइतबार दिउँसो सडकको डिभाइडरमा ठोक्किएको थियो। कारमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
मिस्त्री सन् २०१२ देखि २०१६ सम्म टाटा सन्सका अध्यक्ष बनेका थिए।